नियम १२
अन्तशुल्क अधिकृतको काम, कर्तव्य र अधिकार
(१) अन्तशुल्क अधिकृतको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) गोदाममा रहेको अन्तशुल्क लाग्ने वस्तु बिक्री वितरण वा ओसार पसार गर्न गोदाम बाहिर निकाल्दा आफ्नो उपस्थितिमा त्यस्तो वस्तु निकाल्न लगाइ सोको लगत प्रतिष्ठानको उत्पादन स्थलमा राख्न लगाउने,
(ख) विभागबाट माग गरिएको अन्तशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्री वितरण वा गोदाममा रहेको वस्तुको परिमाण र असुल उपर भएको अन्तशुल्क वा विभागले मागेको अरू कुनै कुराको प्रतिवेदन विभागमा पठाउने,
(ग) अन्तशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्रीको विवरण अनुसूची–४ बमोजिमको दैनिक किताबमा राख्न लगाउने,
(घ) भन्सार नाकाबाट अन्तशुल्क लाग्ने वस्तु पैठारी भएको अवस्थामा पैठारी गर्ने इजाजतपत्रवालाको नाम, पैठारी गरिएको वस्तुको परिमाण र मूल्य स्पष्ट खुल्ने गरी दैनिक किताबमा जनाइ राख्ने,
(ङ) इजाजतपत्रवालाले नियम १३ बमोजिम पूरा गर्नु पर्ने काम, कर्तव्य पूरा गरे नगरेको समय समयमा निरीक्षण गर्ने,
(ङ१) अन्तशुल्क लाग्ने वस्तु उत्पादन गर्ने प्रतिष्ठानको मासिक रूपमा निरीक्षण गरी अन्तशुल्क निर्धारण गर्ने,
(च) अन्तशुल्क अधिकृतले यस नियमावली बमोजिम आफ्नो कर्तव्य पालन गर्ने सन्दर्भमा विभागले तोकेको अन्य कार्यहरू गर्ने ।
(२) इजाजतपत्रवालाले स्वयं निष्काशन प्रकृया अनुसार आफै निष्काशन गरेको अन्तशुल्क लाग्ने वस्तुको हकमा अन्तशुल्क अधिकृतले विभागले तोके बमोजिमको प्रकृया अपनाई इजाजतपत्रवालाको खाता तथा विवरण जाची प्रमाणित गर्नु पर्नेछ ।